बिग्रिएको एमाले– माओवादी सम्बन्ध सुध्रिँदै

८ बर्ष अगाडि

काठमाडौं–सरकार सञ्चालनमा असन्तुष्टि जनाएको माओवादी नेताहरुसँथ प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिराबाट परामर्श थालेका छन् । 
उनले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन पर्याप्त गृहकार्य गर्ने बचन पनि दिएको माओवादी नेताहरुले बताएका छन् । 
आजको कान्तिपुर दैनिक लेख्छ–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला अरुण तीन जलबिद्युत परियोजनाको शिलान्यासमा ऊर्जामन्त्री वर्षमान पुनलाई नबोलाइएपछि चिसिएको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री ओलीले छलफल थालेका हुन् ।  उनले मन्त्री पुनसँग सोमबार एकघण्टा बढी छलफल गरे । 
 

८ बर्ष अगाडि

प्रतिक्रिया