काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक ललिपुरमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा भएको उक्त बैठक नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त बैठकमा प्रतिष्ठानले बिभिन्न निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
यस्ता छन् निर्णय
१.७ वटै प्रदेशका १२ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम श्रावण १६ गतेदेखि संचालन गर्ने ।
२.डा. जगदीश चन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समितिको गठन गरिएको छ । समितिको सदस्यहरुमा— डा। आरजु राणा देउवा, श्री हरिहर विरही, श्री राजु नेपाल र श्री प्रसिस महरा रहनु भएको छ ।
३.श्री तारानाथ दाहालको संयोजकत्वमा निर्देशिका निर्माण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा— श्री भद्रा पराजुली भण्डारी र श्री रामजी कंग्रेन रहनु भएको छ ।
४.श्री खिलानाथ दाहालको संयोजकत्वमा स्रोत व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा— श्री सुभाष पोखरेल, डा। प्रभु बुढाथोकी, श्री भद्रा पराजुली भण्डारी, श्री कमला लामिछाने, श्री भगिरथ पोद्धार र श्री योगराज शर्मा कँडेल रहनु भएको छ ।
५.नेपाली कांग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।
मुक्ति आचार्य
सचिव
प्रतिक्रिया