सिटिजन्स बैंकले एक वर्षमा कमायो १ अर्ब ४८ करोड

६ बर्ष अगाडि

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनलले २१ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक बर्ष रु १ अर्ब ४८ करोड ६८ लाख नाफा कमाएको छ ।

रु ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर रु ६२ अर्ब ९० करोड ऋण प्रवाह गरेको बैंकले रु दुई अर्ब ८१ करोड ६४ लाख खुद ब्याज आम्दानी गरेको छ । बैंकले रु ५० करोड २८ लाख फि, कमिसनबाट मात्रै आर्जन गरेको छ ।

बैंकले ३.८४ प्रतिशतको ब्याज स्प्रेडमा काम गरेको जनाएको छ । जबकी राष्ट्र बैंकले ४.५ प्रतिशतसम्म काम गर्न छुट दिएको छ । बैंकको पूँजी कोष अनुपात १३ प्रतिशत माथि छ भने खराब कर्जा अनुपात एक प्रतिशतभन्दा केही बढि छ ।  बैंकको आधार दर भने केही महँगो छ । बैंकको आधार दर १०.५२ प्रतिशत छ । बैंकको प्रति शेयर आम्दानी करिव रु १८  छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया