प्रदेश नम्बर २ का ११ सांसद पुगे बालुवाटार

७ बर्ष अगाडि

काठमाडौ–प्रदेश नम्बर २ का प्रतिनिधिसभा सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार एक ज्ञापनपत्र बुझाएका छन् ।
प्रदेश  नम्बर २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ११ जना सांसदले प्रधानमन्त्री निवास वालुवाटारमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा सरकारले ल्याउन लागेको बजेटमा कृषि, उद्योग, पर्यटन, यतायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रण, शिक्षा तथा खेलकुलगायत विभिन्न २४ वटा विषय समावेश हुनुपर्ने माग गरिएको छ । 
प्रदेश २ विकास सूचांकमा पछाडी परेको भन्दै यो प्रदेशलाई अन्नको भण्डार र औद्योगीक क्षेत्रको रुपमा विकास गर्नुपर्ने हुँदा आगामी आर्थिक वर्षमा योजनाहरु समावेश गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । 
प्रतिनिधिसभा सदस्य प्रदीप यादवका अनुसार सुनकोशी मारिन वागमती सिँचाई आयोजना, सुनकोशी कमला डाइभर्सन, गण्डक नरह पुनः संरचना, आर्गेनिक मल कारखाना स्थापना, कृषि विश्वविद्यालय स्थापना, राष्ट्रियस्तरको प्रविधियुक्त कृषिवजारको निर्माण, दुई नम्बर प्रदेशलाई कृषि जोन घोषणा, लोकमार्गको उत्तरतर्फ पशुपालन, फलफूल तरकारी खेती चिया खेती र लोकमार्गको दक्षिणतर्फ माछापालन, अन्नउत्पादन र बीउविजन उत्पादन लगायतका विषय वजेटमा समावेश गर्न ज्ञापनपत्रमा माग गरिएको छ । 
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले दुई नम्बर प्रदेशको विकास गर्न सरकार तयार रहेको तर त्यसमा स्थानीय प्रतिनिधि तथा सांसदहरुको सहयोग चाहिने बताएका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया