हिंसा न्यूनीकरण गर्न महिलालाई यस्तो तालिम

६ बर्ष अगाडि

महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षाको प्रशिक्षण दिइएको छ । बाँके जिल्ला खेलकूद विकास समितिको समन्वयमा राष्ट्रिय खेलकूद परिषद्ले राष्ट्रपति खेलकूद महिला सहभागिता अभिवृद्धि कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत १५० छात्रालाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको छ ।

समितिका अध्यक्ष आतङ्क बस्नेतले खेलकूदको माध्यमबाट महिलामाथि हुने हिंसा न्यूनीकरण र खेलप्रति आकर्षण गर्न प्रशिक्षण दिइएको प्रष्ट पार्नुभयो । नेपालगञ्जस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत कृति थारूले आत्मरक्षासम्बन्धी तालीमबाट धेरै नयाँ तथा व्यावहारिक ज्ञान पाएको बताउनुभयो । उहाँले हिँड्डुलका क्रममा वा घरमा बसेको बेला कसैले आक्रमण गरे त्यसबाट जोगिने उपाय सिकेको उल्लेख गरे।

प्रशिक्षणले महिलामाथि हुने हिंसा न्यूनीकरणमा ठूलो सहयोग पुग्ने नेपाल सेल्फ डिफेन्ड सङ्घका प्रमुख प्रशिक्षक सञ्जु महर्जनको भनाइ छ । उनका अनुसार प्रशिक्षणमा आक्रमणका क्रममा आफ्नो शरीरमा भएका अङ्ग परिचालन गर्ने, नङ, दाँत, खुट्टा, हात चलाउने विधिका बारेमा ज्ञान तथा सीप प्रदान गरिएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया