काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा जानकी मन्दिरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको आकार बिगारेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित निकायसँग स्पष्टीकरण माग गरेको छ । नेपालको झण्डा बिगारेको भन्दै प्रदेश २ का मुख्यमन्त्रीको चर्को आलोचना भएको थियो । प्रतिनिधिसभाको बैठकमा पनि विभिन्न राजनीतिक दलका सांसदहरुले त्यसप्रति आपत्ति जनाएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप कसरी निर्धारितभन्दा फरक पर्यो भन्दै प्रदेश २ का सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग तीन दिनभित्र स्पष्टिकरण मागिएको हो ।
प्रतिक्रिया