माछापुच्छ्रे बैंकले एक वर्षमा कमायो एक अर्ब ७० करोड

६ बर्ष अगाडि

काठमाडौं – माछापुच्छ्रे बैंकले एक वर्षमा ३६.३२ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आर्थिक वर्षमा रु एक अर्ब ७० करोड नाफा आर्जन गरेको छ ।

अघिल्लो बर्ष बैंकले रु एक अर्ब २४ करोड नाफा गरेको थियो। बैंकले खुद व्याज आम्दानी २९ प्रतिशतले बढाएर रु तीन अर्ब ५३ करोड आर्जन गरेको हो। गत वर्ष यस्तो आम्दानी रु दुई अर्ब ७३ करोड थियो ।

बैंकको निक्षेप संकलन १७.५५ प्रतिशतले बढ्दा ऋण लगानी भने १५.६९ प्रतिशतले बढाएको छ । बैंकले एक वर्षमा रु ८५ अर्ब १९ करोड निक्षेप संकलन गरि रु ७२ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गत वर्ष बैंकले रु ७५ अर्ब २९ करोड निक्षेप संकलन गरि रु ६५ अर्ब ८ करोड ऋण लगानी गरेको थियो।

खराव कर्जा ०.४४ प्रतिशतबाट ०.३७ प्रतिशतमा झरेको छ। आधार व्याजदर पनि ११.०६ प्रतिशतबाट १०.३७ प्रतिशतमा झार्न सफल भएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन गरे अनुसार बैंकले स्प्रेडदर ४.५ प्रतिशतभन्दा तल झारेको छ । स्प्रेडदर ४.७५ प्रतिशतबाट ४.२७ प्रतिशतमा झरेको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया