काठमाडौं – आज साउन १ गतेदेखि शेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर घट्ने भएको छ । सरकारले गत आर्थिक वर्षमा लाभकर बढाएर ७.५ प्रतिशत कायम गरेको थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा लाभकर २.५ प्रतिशत घटाएर ५ प्रतिशत मात्र कायम गरेका छन । आजदेखि नयाँ लाभकर लागु हुदैछ ।
लाभकर घटेपछि लगानीकर्ताले सेयर किन्दा र बेच्दा बुझाउनु पर्ने कर दायित्व कम भएको छ । यसले सेयर बजारमा लगानीकर्ताको उत्साह बढाएको लगानीकर्ताको भनाई छ ।
प्रतिक्रिया