काठमाडौं – एनआईसी एसिया बैंकले एनआईसी एशिया ब्यालेन्स फन्डको आईपीओ साउन ८ गतेदेखि बिक्री खुला गर्न लागेको छ ।
एनआईसीको म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुन लागेको एनआईसी एशिया ब्यालेन्स फन्डमा कम्पनीले सर्वसाधारणहरुको लागि प्रतिइकाई १० रुपैयाँमा १० करोड ६२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको छ ।
बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको उक्त आईपीओ छिटोमा साउन १२ गते र ढिलोमा भदौ ५ गते निष्काशन बन्द हुनेछ।
प्रतिक्रिया