काठमाडौं– प्रदेश नं ३ का प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधन भएको छ ।
काठमाडौं मेडिकल कजेजमा उपचाररत उनको सोमबार दिउँसो १ बजे उपचारको क्रममा निधन भएको नेकपा एमाले भक्तपुरका इन्चार्ज सोमनाथ मिश्रले जानकारी दिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी भइरहेको पनि उनले बताए ।
रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर फर्किका उनलाई मष्तिस्काघात भएको थियो ।
चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई अचानक मस्तिष्काघात भएपछि अस्पताल भर्ना गरिएको थियो ।
उनी नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया