काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी अाेलीबीच छलफल सम्पन्न भएको छ । आज बिहिबार सम्पन्न छलफलमा राष्ट्रीय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो । पार्टी एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने विषयमा उनीहरूबीच कुराकानी भएको थियो । आज को छलफल अनुसार भोली एकता संयोजन समितिको बैठक बस्नेछ । एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ ।
प्रतिक्रिया