किन मर्जरमा जान चाहादैन चार्टर्ड ?

६ बर्ष अगाडि

काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंकले  अरु बैंकलाई नमिसाउने  भन्दै  मर्जरमा जान नचाहाने बताएको छ।

चार्टर्डले हिजो नेपाल राष्ट्र बैंकलाई एक पत्र लेख्दै  विदेशी बैंकलाई  छुट्टै ब्यवहार गर्न आग्रहसमेत गरेको छ।चार्टर्ड ग्रुपको ५१ प्रतिशतभन्दा माथि शेयर भएको र ब्यापार पद्धति पनि फरक भएकाले नेपाली बैंक मर्जरका लागि हामीलाई सुहाउँदो छैनन्ु भन्ने चार्टर्डको भनाई छ ।

गभर्नरलगायत राष्ट्र बैंक उच्च अधिकारीहरुलाई भेटेर आफ्नो धाराणा राखेपछि  चार्टर्डले मंगलबारनै औपचारिक पत्र लेख्दै मर्जरमा रिजर्भभेसन राखेको हो।।अहिलेसम्म १८ वटा बाणिज्य बैंकले मर्जर बारे आफ्नो धारणा राष्ट्र बैंकलाई बुझाएका छन्। अधिकांसले मर्जरमा जाने भनेर प्रतिबद्धता जनाए पनि केही बैंकले रिजर्भेसन राखेका हुन।


 

६ बर्ष अगाडि

प्रतिक्रिया