जथाभावी मदिरा बेच्दै हुनुहुन्छ, सरकारले गर्दैछ यस्तो कडाई

७ बर्ष अगाडि

काठमाडौँ । तपाईले पसल तथा व्यवसाय गरिरहनु भएको छ रु तपाईको पसलमा रक्सी वा मदिारा बेचीरहनु भएको छ रु यदि छ भने अब तपाई कानुनको फन्दमा पर्नुहुने भएको छ । 
यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाएर चर्चामा आएका गृहमन्त्री रामबहादुर थापाले जुनसुकै पसलमा पनि मदिरा बेच्ने रोक लगाउने तयारी गरेका छन । 
गृह मन्त्रालयले मदिरा नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे उद्योग र अर्थ मन्त्रालयसँग पनि समन्वय गरिरहेको छ । 
मदिरा नियन्त्रण अभियानमा  जनताको साथ र समर्थन आवश्यक भएकाले सम्वद्ध पक्षसँग छलफल र अन्तरक्रिया भइरहेको छ ।  
मदिराका कारण समाजमा कलहदेखि अपराध बढेको भन्दै सरकारले मदिरा बिक्री वितरणमा रोक लगाउन खोजेको हो । 
मदिरा कहाँ–कहाँ र कुन–कुन स्थानमा बेच्ने भनेर निश्चित स्थान तोक्ने तयारी गरिएको छ । 
सरकारको उक्त कार्ययोजना लागू भएपछि रक्सी पिउनका लागि छुट्टै होटल तथा रेष्टुरेन्ट तोकिनेछ । बिक्रीका लागि पनि छुट्टै पसल तोकिनेछ । मनलाग्दी मदिा बेच्न दिइने छैन ।

७ बर्ष अगाडि

प्रतिक्रिया