सिटिजन बैंकले अन्य दुई विकास बैंक गाभ्दै

६ बर्ष अगाडि

काठमाडौं – सिटिजन्स बैंकले क्षेत्रियस्तरका दुई विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । सिटिजन्सले मितेरी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंक लाई प्राप्ति गर्नका लागि छलफल अघि बढाएको छ ।

छलफल जारी रहेको र निष्कर्शमा पुगिनसकेको बैंक स्रोतले जानकारी दिएको छ । मितेरी सुनसरीको धरान र एक्सेल झापाको विर्तामोडमा रहेको छ ।आईतबार जनकपुरमा रहेको सहयोगी विकास बैंकलाई प्राप्तिका लागि एमओयू गरेको सिटिजन्सले दुई क्षेत्रिस्तरका विकास बैंकलाई पनि लिन लागेको हो ।  

सिटिजन्सले प्रत्येक प्रदेशका एक क्षेत्रिय स्तरका विकास बैंकलाई प्राप्ति गर्ने नीति लिएको छ । सिटिजन्सले नेपाल राष्ट बैंकमा बुझाएको प्रतिवद्धतामा विदेशी बैंकसंगको साझेदारी, दोस्रोमा क्षेत्रियस्तरका विकास बैंकलाई एक्वायर गर्ने र अन्तिम अवस्थामा मात्र वाणिज्य बैङ्संग मर्जरमा जाने जानकारी दिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया