काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १२ गते बिहीबार वाणिज्य बैंकहरूलाई मर्जरमा जान निर्देशनात्मक सल्लाह दिएयता १७ वटा बैंकले मर्जरका लागि प्रतिवद्धता जनाएका छन् ।
सोमबार बेलुकासम्म २८ वाणिज्य बैंकमध्ये १७ वटाले मर्जरमा जाने प्रतिवद्धता सहित राष्ट्र बैंकलाई पत्र बुझाएका हुन् ।
पत्र बुझाउनेमा एनएमबी बैंक,सनराइज बैंक,सिटिजन बैंक,लक्ष्मी बैंक,एनसीसी बैंक,सानिमा बैंक,सिभिल बैंक,माछापुच्छ्रे बैंक,सेन्चुरी बैंक,नेपाल एसबीआई बैंक,ग्लोबल बैंक,जनता बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक,एनआईसी एशिया बैंक,हिमालयन बैंक,मेगा बैंक र कुमारी बैंक रहेका छन् ।
प्रतिक्रिया