सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
वरिष्ठ नेता नेपालले सरकारले विकास, निर्माणको कामलाई प्राथमिकता दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । बिहिबार बंगलादेश दुतावासले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकार सुशासन कायम गर्ने कुरामा पनि कमजोर देखिएको टिप्पणी गर्नु भयो । नेता नेपालले स्रोतले सम्पन्न रहेको नेपाललाई समृद्ध बनाउने सोचको भने अभाव रहेको पनि स्मरण गराउनु भयो । उहाँले सरकारले मुलुकमा रहेको स्रोतलाई परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने अवसर गुमाउन नहुने पनि स्पष्ट पार्नु भयो ।
वरिष्ठ नेता नेपालले नेपालको विकासका लागि जलस्रोत, उर्जा, कृषि र खनिज क्षेत्रको विकासमा विशेष जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले नेपालले बंगलादेशको सम्बन्धलाई अझै समधुर बनाउन चाहेको पनि बताउनु भयो ।
प्रतिक्रिया