पिर्के सलामीमा प्रचण्डका सम्धि पनि के कम ?

६ बर्ष अगाडि

काठमाडौँ – केही समयअघि मन्त्रीदेखि मेयरसम्म पिर्कै सलामीका कारण निकै आलोचित बनेका थिए । सलामी लिने सामन्ती रहर बोकेका नेता र हदैसम्म गिरेर चाकडी गर्ने कार्यकर्ताहरु देखेर सबै चकित नै बनेका थिए ।

यसै क्रममा नेकपा सांसद चूडामणी खड्काले समेत पिर्के सलामी लिएको तस्बीर बाहिर आएको छ । सार्वजनिक भएको तस्बिर हेर्दा चूडामणी खड्काले गोर्खा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद कार्यक्रमका अवसरमा पिर्के सलामी लिएको देखिन्छ ।

गोरखाबाट समानुपातिक सांसदको कोटामा परेका खड्का डा. बाबुराम भट्टराईका कटु आलोचक भनेर समेत चिनिन्छन् ।  यही भएर तत्कालीन एमाले–माओवादी चुनावी गठबन्धनबाट भट्टराई बाहिरिनुमा खड्काले भूमिका निर्वाह गरेको समेत कतिपयको बुझाइ छ । साझापोष्टमा खबर छ । 

नाता केलाउने हो भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड र खड्का सम्धि-सम्धि पर्छन् । खड्का प्रचण्डका स्वकीय सचिव समेत भइसकेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया