काठमाडौँ – मल्टीपपर्स फाइनान्सले आज बाट ८६५ प्रतिशत हकप्रद शेयर बिक्री खुल्ला गरेको छ। फाइनान्सले १ बराबर ८६५ शेयरको अनुपातमा एक सय रुपैयाँ अंकित दरमा ३५ करोड ८५ लाख २६ हजार ४०० रुपैयाँ बराबरको हकप्रद निष्काशन गरेको हो।
बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको कम्पनीको हकप्रदमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ।
प्रतिक्रिया