मर्जरमा जाने प्रतिवद्धता लिएर १५ बैंक राष्ट्र बैंकमा

६ बर्ष अगाडि

काठमाडौँ – मर्जरमा जाने लिखित प्रतिवद्धता लिएर बैंक तथा बित्तिय संस्थाहरु नेपाल राष्ट्र बैंक धाउन थालेका छन्।

राष्ट्र बैंकले दिएको मौद्रिक नीति आउनु पुर्व नै मर्जरका बारेमा ठोस प्रस्ताब दिएको निर्देशन पछी आइतबारसम्म १५ वाणिज्य बैंकहरुले लिखित प्रतिवद्दता बुझेका हुन् । 

राष्ट्रबैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार हालसम्म १५ वटा बाणिज्य बैंक, एउटा बिकाश बैंक र नेपाल लघुवित्त बैंकर्स संघको प्रतिवद्धता आएको छ ।

मर्जरको लागि प्रतिवद्दता बुझाउने बाणिज्य बैंकहरुमा एनएमबि बैंक, सन्राइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छे बैंक, सेन्चुरी बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंक, मेघा बैंक, र नेपाल इन्भेष्टमेन्ट बैंक छन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया