प्राइम र कैलाश विकास बैंक गाभिदै, यस्तो हुनेछ स्वाप रेसियो

६ बर्ष अगाडि

काठमाडौं – प्राइम कमर्शियल बैंकमा राष्ट्रिय स्तरको कैलाश विकास बैंक गाभिने भएको छ ।

प्राइम बैंकले कैलाशलाई ९४ रुपैयाँको दरले मिसाउन लागिएको दावी गरिएको छ ।प्राप्ति  गरेपछि प्राइम बैंकको नामबाट कारोबार हुने छ । प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जर भाडिएपछि प्राइमले धेरैवटा विकास बैंकलाई प्रस्ताव गरेको थियो ।

कैलाश विकास बैंकसँग सेयर स्वाप लगायत विषयमा कुरा मिलेको थिएन । प्राइम बैंकको केन्द्रीय कार्यालयमा प्राइम बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र  कैलाश विकास बैंकका अध्यक्ष नारायण प्रसाद पौडेलले मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बिग मर्जर गर्नको लागि अन्यसँग पनि कुराकानी भइरहेको भएपनि कैलाशलाई मर्जर गर्ने तयारी गरिएको हो । सेयर स्वापको रेसियो भने डिडिएपछि यकिन हुने छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया