जब बादरले २३ लाख २० हजार रुपैयाँ लुट्यो !

६ बर्ष अगाडि

नयाँदिल्ली – भारतमा समय समयमा फरक फरक घटना बाहिर आइरहेका हुन्छन् । 

भारतको उत्तर प्रदेशमा बादरले १ व्यक्तिको २३ लाख २० हजार रुपैयाले भरिएको झोला लुटेको छ । यो समाचार हाल सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल भइरहेको छ । ब्याग लुट्नुपूर्व बादरले उक्त व्यक्तिलाई धेरै समय हमला गरेको थियो लुटिने व्यक्तिको नाम विजय बंसल हो । यो घटनापछि प्रहरीलाई पनि बोलाइएको थियो । लुटिने व्यक्ति बैंकबाट बाहिर आए लगत्तै यो घटना भएको हो ।

हिन्दुस्तान टाइम्सका अनुसार इन्डियन ओवरसीस बैंकमा विजय बंसल पुगेका थिए । सोही समयमा बादरले उनलाई आक्रमण गरेको थियो । “बादरको झुन्डलेनै उनलाई आक्रमण गरेको थियो । म १ लाख जोगाउन सफल भए । तर बाँकि रुपैया खोस्न सकिएन,” उनले बताए । यो विषयमा प्रहरीले केही व्यक्तिलाई सोधपुछ पनि गरेको छ । तर केही पत्त लाग्न सकेको छैन ।

६ बर्ष अगाडि

प्रतिक्रिया