काठमाडौँ – सेमिफाइनल दौडबाट बाहिरिएपछि पाकिस्तानका सिनियर खेलाडी सोएब मलिकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
बंगलादेशविरुद्धको प्रतिस्पर्धामा बाहिर रहे पनि मलिकलाई पाकिस्तानी खेलाडीले गार्ड अफ अनर दिँदै बिदाइ गरेका थिए ।
मलिकले चालू विश्वकपमा तीन खेल खेले । भारतविरुद्ध खासै प्रभावशाली प्रदर्शन गर्न नसकेपछि उनी त्यसपछिका कुनै पनि खेलमा परेनन् । मलिकको स्थानमा ह्यारिस सोहेलले मौका पाए । सोहेलले मौकाको फाइदा उठाए । पत्रकार सम्मेलनमा मलिकले भने, ‘मैले पहिले नै विश्वकपपछि सन्यास लिने घोषणा गरेको थिएँ, राष्ट्रिय टोलीबाट बिदा हुँदा दुःख लागेको छ । अबको समय परिवारसँग बिताउनेछु ।
प्रतिक्रिया