उजुरी अध्ययन नै नगरी राजदूतको सुनुवाइ

६ बर्ष अगाडि

काठमाडौं - संसदीय सुनुवाइ समितिले सरकारद्वारा प्रस्तावित विभिन्न चार देशका राजदूतमाथि २३ गते सुनुवाइ गर्ने भएको छ । समितिले २३ गते बिहान पहिलो बैठकमा उजुरी खोल्ने र दोस्रो बैठकमा सुनुवाइ गर्न तयारी गरेको छ । उजुरीलाई अध्ययन गर्ने समय नै नतोकी सुुनुवाइ गर्न लागिएको छ । के उजुरी आए, त्यसबारे सांसदले पहिलो बैठकमा मात्र थाहा पाउनेछन् । उजुरीको गम्भीरताका आधारमा उजुरीकर्तालाई पनि बोलाउनुपर्ने हुन्छ । तर उजुरीलाई हल्का ढंगले लिएर समितिले खोलेको १५ मिनेटभित्रै सुनुवाइ गर्ने भएको छ ।

समितिको कार्यक्रममा सोमबार ८.३० बजे बस्ने पहिलो बैठकमा प्राप्त उजुरीका निवेदनहरूको खाम खोली सदस्यलाई वितरण गर्ने र सोउपर छलफल गर्ने भनेर उल्लेख गरिएको छ । ८ः४५ मा बस्ने दोस्रो बैठकमा विभिन्न मुलुकका लागि राजदूत पदमा प्रस्तावित व्यक्तिहरूसँग छलफल गरी उनीहरुको उपयुक्तता वा अनुपयुक्तताका सम्बन्धमा निर्णय गर्ने भन्ने उल्लेख छ ।

सिफारिसमा परेकालाई छिटो राजदूत बनाउन हतार गर्न लागिएको स्रोतले बतायो । प्रमुख प्रतिपक्षी दल कांग्रेसकी सचेतक पुष्पा भुसालले भनिन् ‘हामीलाई उजुरी के परेको छ, त्यो थाहा छैन, उजुरी खोलेपछि त्यसको गम्भीरताका आधारमा उजुरीकर्तालाई बोलाउनु पर्छ ।’ उजुरी खोलेलगत्तै सुनुवाइ गर्ने कुरा प्रक्रियागत रुपमा नमिल्ने उनको तर्क छ ।नागरिक दैनिकमाखबर छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया