रित गौतमको शतकसँगै नेपालले सिंगापुरलाई २१७ रनले हरायो

६ बर्ष अगाडि

मलेसिया – एसीसी यु–१९  इष्टर्न रिजन क्रिकेट प्रतियोगितामा रित गौतम र खडक बहादुर बोहोराले बिष्फोटक ब्याटिङ गरेपछि नेपालले सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरमा पराजित गरेको छ । 

मलेसियाको राजधानी क्वालालम्पुरमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३२६ रन बनायो । शतक पुरा गरेका गौतमले अविजित ११५ रन बनाए भने बुढाथोकी शतक बनाउन १० रनले चुके । उनी ९० रनमा आउट भए । कुशल मल्लले पनि अर्धशतक पुरा गर्दै ५१ रन बनाए भने पवन सर्राफले ४५ रन जोडे । कप्तान रोहित पौडेल ७ र विशाल कुमार केसी १ रनमा आउट भए । 

३२७ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले ४ विकेट लिए भने तिलक राज भण्डारीले २ तथा रसिद खान र सागर ढकालले एकएक विकेट लिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया