इक्रामले तोडे सचिन तेन्दुलकरको २७ वर्ष पुरानो कीर्तिमान

६ बर्ष अगाडि

एजेन्सी – अफ्गानिस्तानका क्रिकेटर इक्राम अलि खिलले बिहीबार क्रिकेट लिजेन्ड सचिन तेन्दुलकरको २७ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । विश्वकप क्रिकेट २०१९ अन्तर्गत लिग चरणको अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध ८६ रन बनाएका इक्राम विश्वकपमा ८० भन्दा बढी रन बनाउने कान्छो खेलाडी बनेका छन् । 

चोटग्रस्त मोहमद शहजादको स्थानमा टिममा मौका पाएका इक्राम ९३ बलमा ८६ रन बनाउँदा १८ वर्ष २ सय ७८ दिनकामात्र थिए । यसअघि सन् १९९२ मा जिम्बाबेविरुद्ध ८१ रन बनाउँदा सचिन १८ वर्ष ३ सय १८ दिनका थिए । 

विश्वकपको लिग चरणका सबै खेलमा पराजित अफ्गानिस्तान बिहीबारको अन्तिम खेलमा पनि वेस्ट इन्डिजसँग २३ रनले पराजित भएको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया