सूर्योदय र त्रिलोक लघुवित्त एक आपसमा मिल्ने भए

६ बर्ष अगाडि

काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड र त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेड विच एक आपसमा गाभिनका लागि सहमति भएको छ ।पोखरामा भएको कार्यक्रममा सूर्योदयका अध्यक्ष अनन्तकुमार श्रेष्ठ र त्रिलोकका अध्यक्ष लेखनाथ खनियाले सहमति पत्र साटासाट गरि लघुवित्तको बजारमा उत्कृष्ट संस्थाका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

मुलुकको समग्र वित्तीय प्रणालीको सम्बद्र्धन गर्दै वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई लघुवित्त क्षेत्रको स्थायीत्व कायम गर्ने उद्धेश्यले मर्ज गरिएको बताइएको छ ।मर्ज पछि दुवै संस्थाको सम्पत्ती तथा दायित्व मूल्यांकन रिपोर्टको आधारमा शेयर स्वाप रेसियो कायम गर्ने सहमति भएको छ ।नेपाल राष्ट्र बैंकबाट घ बर्गका दुवै संस्था गाभिए पछि बन्ने संस्थाको नाम सुर्योदय लघुवित्त वित्तीय सस्था लिमिटेड रहने र मुख्य कार्यालय गण्डकी प्रदेशको पोखरामा रहने सहमति भएको छ ।

कूल २३ जिल्लामा कार्यक्षेत्र रहेको सूर्योदय र १० जिल्ला कार्य क्षेत्र रहेको त्रिलोक एक आपसमा गाभिएपछि ६३ वटा शाखामा ५४ हजार सदस्य, रु २ अर्व १३ करोड लगानीमा रहेको कर्जा, रु ७३ करोड बचत र रु १७ करोड शेयर पूँजी पुग्ने छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया