घोडीघोडा लघुवित्तको आईपीओ निष्काशन

६ बर्ष अगाडि

काठमाडौँ – एक लाख ३२ हजार ६०० कित्ता बराबरको घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाट  निष्काशन खुला भएको छ। । आफ्नो जारी पूँजीको ४८ प्रतिशत बराबरको सेयर लघुवित्तले निष्काशन गरेको हो।

प्रभु क्यापिटलको बिक्री प्रबन्धक रहेको लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको एक लाख ३२ हजार ६०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कूल निष्काशित आईपीओमध्ये एक हजार ३८० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई र ६ हजार ६३० सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । एक लाख २४ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन माग गरिएको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया