काठमाडौँ । यातायातामा सिण्डिकेट हटाएर वाह वाही पाएको सरकारले तरकारीमा रहेको सिण्डिकेट हटाउने अभियान सुरु गर्न लागेको छ ।
तरकारीमा रहेका दलालकै कारण किसान र उपभोक्ता दुवैलाई मारेको भन्ने निष्कर्षमा साथ अब दोस्रो चरणमा तरकारीको सिण्डिकेट हटाउन लागेको हो ।
किसनाले वर्ष दिन गर्ने मेहनतलाई एकै झट्कामा सिण्डिकेट वाला विचौलियाले कम मूल्य दिएर ठग्ने गरेका छन् ।
उनीहरुले किसानलाई तकारी कुहिइहाल्छ दिने भए देऊ नदिने भए क तिम्रो तरकारी फालिदिन्छौ भन्ने जस्ता धम्की दिएर कम मूल्यमा उठाउने गरेका छन् ।
विचौलियाले किसानबाट कम मूल्यमा ल्याएको तरकारी उपभोक्तालाई भने बढी मूल्यमा बेच्ने गरेका छन् ।
विशेष गरी काठमाडौँको कालीमाटीमा संस्थागत रुपमा सिण्डिकेट खडा गरेका बसेका समूह रहेका छन् ।
उनीहरुले किसानलाइृ धम्क्याउने, थर्काउने, उस्तै परे कुटपिट समेत गर्ने गरेको गुनासो आउने गरेको छ । तर प्रहरी प्रशासन, कालीमाटी तरकारी तथा फलफूल समितिले समेत किसानलाई भन्दा तिनै सिण्डिकेट धारी विचौलियाको कुरा सुन्ने गरेको छ ।
किसान र उपभोक्ता मार्ने माथि कडा एक्सन लिने तयारी भइरहेको कृषि मन्त्री चक्रपाणी खनालले बताएका छन् ।
सिण्डिकेट अन्त्यका लागि सरकारले तकारी विक्री तथा विजरणका लागि सहकारी अवधारणा अगाडि सार्ने भएको छ । सहकारीले किसानलाई उचित मूल्य दिएर तरकारी खरिद गर्ने र सरल मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने गरी रणनीति बनाइएको कृषि मन्त्री खनालले जानकारी दिए ।
जानकारहरुका अनुसार किसान र उपभोक्ता मारेका विचौलियाले २०० प्रतिशतसम्म नाफा लिने गरेका छन् । विना लगानी नाफा कमाउन पल्केका तरकारीका विचौलियाले राजनीतिक दलका नेता, प्रहरी प्शासन तथाक ालीमाटीका हाकिमलाई समेत आफ्नो प्रभावमा पार्न सफल भएका छन् ।
उनीहरुले किसान र उपभोक्ता मार्दा समेत सरकारी निकाय रमिते बन्ने अवस्था रहेको छ ।
विशेष गरी धादिङ, काभ्रेपलान्चोक, बारा, पर्सा, चितवन, गोरखा, नुवाकोट, सर्लाही, सप्तरीका किसाना आफूले उत्पादन गरेको बालीको उचित मूल्य नपाएर कम मूल्यमा रुँदै आफ्ना बाली बिक्री गर्नुपर्ने बाध्यतामा छन् ।
किसानले रुँदै तरकारी तथा फलफूल बिक्री गर्नुपर्ने, उता उपभोक्ताले पनि महंगो मूल्यमा तरकारी तथा फलफूल किन्नुपर्ने बाध्यताका बीचमा समाधान निकाल्न बजारमा हस्तक्षेप गर्न लागिएको कृषि मन्त्रालयको भनाइ छ ।
दश रुपैया प्रतिकिलो भन्दा कम किसानबाट उठाउने तरकारीको मूल्य काठमाडौँमा सय रुपैया घटी पाउन मुस्किल छ । तकारीमा चार तहको सिण्डिकेट रहेको छ । स्थानीय विचौलियाले उठाएको तरकारी अर्को विचौलियालाई बेचिन्छ । बाटोमा नै त्यो विचौलियाले अर्कोलाई बेच्छ र काठमाडौँ आइपुग्दा चार तहमा विचौलिया बीच नै कारोबार हुने गरेको पाइएको छ । उपभोक्तासम्म पुग्दा त्यो कम्तीमा पनि ६ तह पार गर्नु पर्दछ ।
सहकारीले सोझै किसानबाट खरिद गर्ने र कालीमाटी बजारमा ल्याएर बेच्ने गरी तयारी गरिएको छ ।
यस्तै सरकारले तकारी पछि चिनी उद्योगमा रहेको सिण्डिकेटलाई पन िअन्त्य गर्ने तयारी रहेको छ । सहकारीलाई चिनी उद्योग सञ्चालन गर्न दिने नीति अगाडि सारिएको छ ।
पहिलो चरणमा दुई वटा चिनी उद्योग सहकारीले सञ्चालन गर्ने छ । त्यसले किसानलाई उचित मूल्य दिएर उखु खरिद गर्ने छ भने उपभोक्तालाई पनि सरल मूल्यमा चिनी उपलब्ध गराउने छ ।
प्रतिक्रिया