काठमाडौँ – आज साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज ८ दशमलव २७ अंकले घटेर १ हजार २ सय ६० दशमलव ४७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ५३ अंकले घटेर २ सय ७१ दशलमव ४५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।आज १ सय ७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर खरिदबिक्री भई ६७ करोड १ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो तुलनामा आज ११ करोड ९९ लाख २२ हजार रुपैयाँ बराबरले बढेको छ ।आज सबैभन्दा बढी कारोबार सिद्धार्थ इक्विटी ओरियण्टेड स्कीमको भएको छ । जसको कारोबार आज ५ करोड ५२ लाख रुपैयाँ बराबरको भएको छ ।
आन स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वा्िधक कमाएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यस्तै समीट लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९६ प्रतिशत र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ७६ प्रतिशतले वृद्धि गरेको छ ।
साथै सर्वा्िधक गुमाउनेमा युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ६ दशमलव ५५ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया