कामना विकास बैंकले बोनस सेयर दिने , साधारणसभाबाट भयो पारित

६ बर्ष अगाडि

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले ३ करोड ७५ लाख ३९ हजारभन्दा बढी बोनस सेयर वितरण गर्ने भएको छ । हालै सम्पन्न सम्पन्न १२ औँ वार्षिक साधारणसभाले लाभांश र बोनस वितरण गर्ने निर्णय गरेको हो ।

सधारणसभाले आर्थिक वर्ष २०७४र०७५ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी रु २ अर्ब ५० कारोड २६ लाख ५५ हजार ५१९ को ८ प्रतिशतका दरले रु २० करोड २ लाख १२ हजार ४४१ नगद लाभाँश र १.५ प्रतिशतले रु ३ करोड ७५ लाख ३९ हजार ८३२ बराबरको बोनस सेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

बंैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले साधारण सभामा बंैकको आर्थिक वर्ष २०७४र०७५को वासलात, नाफारनोक्सान हिसाब, नगदप्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैङ्किङ क्षेत्रको अवस्था, चालू आर्थिक वर्ष २०७५÷०७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरणर र भावीकार्य योजनासमेत प्रस्तुत गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालू आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम सञ्चालन गरेरकार  बैंकको भावी रणनीति प्रस्तुत गर्दै यस बैंकलाई प्रतिस्पर्धात्मक बजारमा अब्बल बनाउने बताएका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया