ब्याजदर स्थिर बनाउन आग्रह

८ बर्ष अगाडि

काठमाडौँ- व्यवसायीहरूले नेपाल राष्ट्र बैंकसँग ब्याजदर स्थिर गर्ने संयन्त्रको माग गरेका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको बजेटमाथि केन्द्रित रही सरोकारवालाहरूसँग सामेबार आयोजना गरेको छलफलमा बैंकको ब्याजदर स्थिर नहुँदा औद्योगिक क्षेत्रमा ठूलो लगानी आउन नसकेको भन्दै निजी क्षेत्रले यस्तो माग गरेको हो । 
अर्थ मन्त्रालयका कर्मचारी पनि सहभागी रहेको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरूले आफूखुसी कर्जाको ब्याजदर बढाउने गरेका कारण विदेशी लगानीकर्तासमेत नेपालमा लगानी गर्न हिचकिचाएको बताए । उनले बजेटमार्फत यसलाई सम्बोधन गर्नुपर्ने भन्दै नेपालको बैंकिङ प्रणालीमा ब्याजदरमा धेरै उतारचढावले लगानीको प्रक्षेपण गर्न नसकेको बताए ।
नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले अहिले तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाको ब्याज बढेको दाबी गरे, कारोबार दैनिकमा खबर छ  ।

८ बर्ष अगाडि

प्रतिक्रिया