भारतको नयाँ दिल्लीमा १४ वर्षिय नेपाली बालिका बलत्कार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डोटी जिल्ला साहिल गाविस वडा नं.४ स्थायी घर भएकी नाम परिवर्तित श्याम बहादुर नेपालीकी छोरी आफुले काम गर्ने भारतको नयाँ दिल्ली B-41, Chhatarpur, Extn. मा आफनै मालिकको छोराले बलत्कार गरेका थिए ।
दिल्ली पुलिसमा कार्यरत दलविर सिंहका ३३ वर्षिय छोरा पंकज सिंहले 30'June,2019 को दिनको १ बजे रेप गरेको थियो । निज पंकज सिंह विवाहित रहेको र २ छोराछोरी पनि रहेका छन् । नेपाली जन सम्पर्क समिति र माईति ईण्डियाको संयुक्त टिमले मेहरौली थानामा पुगी आवश्यक F.i. गरेको तथा मेडिकल जाँचको लागि सरकारी अस्पतालमा गरिएको र मेडिकल जाँच रेप गरेको प्रमाणित भएको छ ।
पहिलो चारणको अदालतमा पनि बयान भइसकेको र आवश्यक अन्य कारवाही तथा पिडितको न्यायको लागि बाल कृष्ण पाण्डेले प्रयास गर्नु भएको थियो । पिडिता नाम परिवर्तित सिताको शिक्षा तथा शिपमूलक तालिमको खर्च बाल कृष्ण पाण्डेले जिम्मा लिनुभएको छ ।
दिल्ली पुलिसका sub inspector को छोरा भएकोले दोषीलाई बचाउन लागिरहेको अवस्थामा नेपाली दूतावास, भारतको विदेश मन्त्रालय, भारतीय गृह मन्त्रालय, नेपाली जन सम्पर्क समितिका पदाधिकारीहरुको सहयोग लिदै बालकृष्ण पाण्डेको नेतृत्वमा दोषीलाई ३ दिनको अथक प्रयास पछि दोषीलाई नियन्त्रणमा लिन सफल भएको छ ।
प्रतिक्रिया