काठमाडौँ – घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड को आईपीओ भोलीबाट निष्काशन खुला हुदैँछ ।
प्रतिकित्ता १०० रुपैयाँ दरले १ लाख ३२ हजार ६०० कित्ता आईपीओ निष्काशन हुन लागेको हो । कम्पनीको शेयर न्युनतम कित्ता १० देखि अधिकतम १००० कित्तासम्म आवेदन दिन सकिनेछ ।यसमध्ये शुन्य दशमलव ५५ अर्थात १ हजार ३८० कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात ६ हजार ६३० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
घोडीघोडाको आईपीओ निष्काशन बन्द छिटोमा असार २५ गते र ढिलामा साउन १९ गतेसम्म भर्न सकिनेछ । आईपीओ बिक्रीपछि यस लघुवित्तको चुक्ता पुँजी २ करोड ७६ लाख रुपैयाँ पुगनेछ ।
प्रतिक्रिया