प्रिमियर इन्स्योरेन्सको ८४ बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

६ बर्ष अगाडि

काठमाडौँ – प्रिमियर इन्स्योरेन्स को ८४ प्रतिशत बोनस सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। बुकक्लोजको अघिल्लो दिनसम्म कायम लगानीकर्ताले मात्रै लाभांश पाउने भएकाले उक्त बोनस पाउन बिहीबारसम्म शेयर कायम भएको हुनुपर्छ।

प्रिमियर इन्स्योरेन्सको शेयर असार १८ गते बुधबार दोस्रो बजारमा प्रतिकित्ता ९६० रुपैयाँमा कारोबार भएको छ। इन्स्योरेन्सले असार ३१ गते मंगलबार बिहान ११ बजे नक्साल ब्याङ्क्वेट नक्सालमा डाकिएको पच्चिसौं वार्षिक साधारण सभाका लागि असार २० गते शुक्रबारदेखि बुकक्लोज गर्दैछ।

गत आवको नाफाबाट ८४ प्रतिशत बोनस वितरण गरेर बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न लागेको यस कम्पनीले अन्य निर्जीवन बीमा कम्पनीसँग मर्जर वा प्राप्ती गर्न इच्छुक देखिएको हो।

मेरो लगानी बाट

६ बर्ष अगाडि

प्रतिक्रिया