‘एउटा नासु सरुवा गराउन ३२ सांसद लागे’

६ बर्ष अगाडि

काठमाडौँ - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक नासुको सरुवा गराउन ३२ सांसद लागेको सुनाएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामती विधेयकको दफावार छलफलमा बुधबार उनले कर्मचारी सरुवामा सांसदले दबाब दिने गरेको औंल्याएका हुन् ।

‘कर्मचारीको सरुवा नबोक्ने माननीयहरूको संख्या कति होला ?,’ उनले भने, ‘एक जना नायब सुब्बाले एक ठाउँमा सरुवा गराउन ३२ जना माननीयलाई लिएर मकहाँ आए तर मैले गरिनँ ।’ 
उनले ती नासु र सांसदको नाम नखुलाई अघिल्लो कार्यकालको घटना भन्दै अहिले पनि त्यस्तै अवस्था रहेको बताए । ‘मैले १० औं गुना पीडा भोगेको छु, सरुवाका लागि मन्त्रालयमा शारीरिक बलसमेत प्रयोग हुने गरेको छ,’ मन्त्री पण्डितले भने । सांसद मीना पाण्डेले ती नासुका लागि को–को गएका थिए भन्ने प्रश्न गर्दै सोधिन्, ‘कांग्रेसहरूका पनि गएका थिए कि ? म त अहिलेसम्म सरुवा गराउन गएकी छैन ।’ कान्तिपुरमा खबर छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया