बिज मर्जर बहसले शेयर बजारमा छायो हरियाली , बाणिज्य बैंकको  कारोबार उत्साहजनक !

६ बर्ष अगाडि

काठमाडौँ – शेयर बजारमा दोहोरो अंकको वृद्धि भईरहदा बुधबार सबैभन्दाबढी कारोबार गर्नेमा  बाणिज्य बैंक परेको छ ।

आज सबैभन्दाबढी कारोबारभएको १० कम्पनीमा ९ कम्पनी वाणिज्य बैंक समूहका छन् । वाणिज्य बैंकहरूबीच हुने भनिएको बिग मर्जरलेनै बजारमा प्राथमिकता पाउँदा शेयर बजार लगातार उकालो लागिरहेको हो ।त्यसमापनि लगानीकर्ताहरूले कमजोर ठानिएको वाणिज्य बैंकहरूको शेयर खरिद बिक्री बढाएका छन्।राम्रो मानिएका वाणिज्य बैंकभन्दा कमजोर बैंक खरिद गर्दा उच्च नाफा हुने आँकलनका कारण तिनीहरूको शेयर खरिद बिक्री बढी भएको हो।

मंगलबार ११.२ अङ्कले बढेको शेयर बजार आज एका एक १५.६२ अङ्कले बढेर १२६८.६८ अंकमा उक्लिएको छ। कारोबारको सुरुवातमा बजारमा खासै आकर्षण नदेखिएता पनी   कारोबारको अन्त्यतिर एका एक शेयर बजारमा चमक देखिएको थियो।बिक्रीकर्ताले मूल्य नघटाएपछि लगानीकर्ता अन्त्यमा मूल्य परिवर्तन गर्न बाध्य भएका थिए।

खरिद कर्ताले मूल्य बढाएर शेयर खरिद गरेका कारण सूचक सँगै कारोबार रकम समेत बढ्न टेवा मिल्यो।   
बुधवार १७४ कम्पनीको २० लाख कित्ता शेयर ५५ करोड रुपैयाँमा कारोबार भएको छ जसमा सबैभन्दा बढी कारोबार  नेपाल बैंकको भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया