गर्ने होईन त् हाईड्रोपावरमा लगानी ? हिमाल दोलाखाको आईपीओ  असार २५ बाट  !

६ बर्ष अगाडि

काठमाडौं – हिमाल दोलखा हाईड्रोपावर कम्पनीले ७६ लाख  कित्ता बराबरको आईपीओ निष्कासन गर्न लागेको छ ।

यही असार २५ गतेबाट हाईड्रोपावरले आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले ७६ लाख ७२ हजार २ सय १० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता शेयर कर्मचारीको लागि, २५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ र बाँकी रहेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता आईपीओ सर्वसाधारणलाई जारी गर्नेछ ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा असार २९ र ढिलोमा साउन २४ गतेसम्म रहेको छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने आवेदकले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवदन दिन सक्नेछन् ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया