सनराइज र एनसीसीमा लडफै लफडा, राष्ट्र बैंक बन्यो रमिते

६ बर्ष अगाडि

काठमाडौं – बैंक तथा वित्तीय संस्था धेरै भए । तीनलाई मर्ज गरेर थोरै संख्या बनाउनुपर्छ भन्ने मान्यता पछिल्ला दिनमा व्यापाक रुपमा मुखरित हुन थालेको छ ।

विगतमा जसले अनुमतिपत्र मागे पनि दिने व्यवस्था थियो । जसका कारण २८ वटा वाणिज्य बैंक पुगे । त्यो पनि मर्ज भएपछिको संख्या हो । आगामी आर्थिक वर्षको बजेटमा बैंक तथा वित्तीय संस्थालाई गाभ्ने र गाभिन प्रोत्साहन गर्ने नीति लिएको छ । नागरिकको निक्षेप उठाएर बदमासी गरिरहेका बैंक तथा वित्तीय संस्थालाई ठेगान लगाउन पनि उनीहरुलाई मर्ज गर्नुपर्ने माग चौतर्फी उठेको छ । 

पछिल्ला दिनमा समेत एनसिसि बैंक असाध्यै ठूलो समस्यामा परेको छ । एपेक्स डेभलपमेन्ट बैंकका कारण सो बैंक समस्यामा परेको हो । एपेक्सले गरेको बदमासीको हिस्सा उसले लिनुपर्दा समस्यामा परेको हो । बैंकका अध्यक्ष रहेका उपेन्द्रकेशरी न्यौपानेले नागरिकको निक्षेपमाथि हिनामिना गरेको आरोप समेत लागेको छ । सो विषयमा नेपाल राष्ट्र बैंकले मसिनो गरी छानबिन गरिरहेको बताएपनि कुनै निष्कर्ष आउन सकेको छैन । यस्तै सो प्रकरणमा अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले समेत चासो व्यक्त गरेको छ । तर आयोगले सो बारेमा के निर्णय ग¥यो भन्ने बारेमा कुनै तथ्य सार्वजनिक भएको छैन । 

उता सनराइज बैंक भित्र देखिएको घर झगडाले पनि चरम रुप लिँदै गएको छ । मोतीलाल दुगडले एकलौटी रुपमा निरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न लागेको भन्दै शैलेन्द्र गुरागाई लगायतले निर्णय प्रक्रियामा नोट अफ डिसेन्ट लेखेपछि संस्थापन पक्षले गुरागाई लगायतलाई कारवाही गर्नेसम्मको धम्की दिएका छन् । आन्तरिक विवाद छताछुल्ल पारेको तथा बैंकलाई समस्यामा पार्ने गरी गतिविधि गरेको, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा नियम नमानेको तथा आन्तरिक रुपमा नै समाधान गर्नुपर्ने विषयमा अनावश्यक चासो राख्दै सञ्चार माध्यममा अनावश्यक प्रचार गराएको भन्दै विवाद बढेको हो । मोतीलाल दुगडले आन्तरिक विवाद बढाएर अनावश्यक हल्ला गरेको भन्दै  गुरागाई लगायतलाई कारवाही गर्ने धम्की दिएका छन् । 

त्यसो त यस अघि पनि जनता बैंकको सञ्चालकका रुपमा रहँदा समेत गुरागाईले बैंकलाई नै समस्यामा पार्ने गरी हत्कन्डा गरेको, प्रमुख कार्यकारी अधिकृतको नियुक्तिमा अनावश्यक चलखेल गरेको भन्दै कारवाही गर्नेसम्मको अवस्था आएको थियो । हालका अर्थमन्त्री त्यतिखेर नेपाल राष्ट्र बैंकका गर्भनर थिए । उनले रमेशप्रसाद भट्टराईलाई जनता बैंकको सिइओ बनाउन चाहन्थे । तर गुरागाईलगायतले सो कुरालाई अस्वीकार गरेका थिए । किनकी जनता बैंक पूर्व एमाले नेताहरुको संयुक्त लगानीमा स्थापना भएको बैंक हो । तर तकातलीन सञ्चालक समितिका अध्यक्ष समेत रहेका गुरुप्रसाद न्यौपानेसँग गुरागाईको टसल परेको भन्दै सिइओ नियुक्तिमा समस्या पर्दै आएको थियो । पछि डा खतिवडाले हस्तक्षेप नै गरेर भट्टराईलाई सिइओ बनाएका थिए । यतिखेर पनि सनराइज बैंकमा उनै गुरागाईलगायतले चलखेल गरेर बैंकलाई समस्यामा पारेका छन् ।

नेपाल राष्ट्र बैंकले सनराइज  बैंक व्यवस्थापनले नै समस्यामा नसुल्झाए आफूहरुले हस्तक्षेप गर्ने धम्की दिएका छन् । नागरिकरको निक्षेपलाई तलमाथि हुने गरी गतिविधि भएको हामीलाई लागे हामी तत्काल नै हस्तषेप गछौं र समस्या समाधान गर्छौ राष्ट्र बैंकका एक अधिकारीले भने । त्यसो त सनराइज बैंकको वित्तीय तथा आर्थिक अवस्था पनि त्यत्ति राम्रै छैन । औसत बैंकको रुपमा रहेको सो संस्थाले शेयलगानीकर्तालाई समेत राम्रो  प्रतिफल दिन सकेको छैन । त्यसो त गुरागाईलगायतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक भएको भन्दै आफूहरुलाई मोतीलाल दुगडहरुले केही गर्न नसक्ने भन्दै आफ्ना निकटस्थहरुलाई गफ दिँदै हिड्ने गरेका छन् ।  
 

६ बर्ष अगाडि

प्रतिक्रिया