काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज नेप्से ११ दशमलव ०२ अंकले बढेको छ । ११ दशमलव ०२ अंकले बढेको नेप्से १ हजार २ सय ५३ दशमलव ०६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ४३ अंकले बढेर २ सय ६९ दशलमव ९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आज १ सय ७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता शेयर खरिदबिक्री भई ४२ करोड ९४ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।यस दिन सबैभन्दा बढी कारोबार मेगा बैंकको भएको छ । जसको मर्जमा जाने हल्लाले कारोबार अत्याधिक भएको छ । जसको कारोबार आज ४ करोड ९५ लाख रुपैयाँ बराबरको भएको छ । बजार मूल्य भने २०७ रुपैयाँ रहेको छ ।
यस दिन सर्वा्िधक कमाउनेमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ४९ प्रतिशतले बढेको छ ।
साथै सर्वा्िधक गुमाउनेमा युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ८८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया