सानिमा बैंकको  शैक्षिक छात्रवृत्ति आवेदन खुल्यो

६ बर्ष अगाडि

काठमाडौं ।  एसईई दिएर बसेका विद्यार्थीलाई उच्च माध्यमिक तह प्लस टु अध्ययन गर्नका लागी सानिमा बैंकले  शैक्षिक छात्रवृत्ति  आवेदन खुल्ला   गरेको छ ।

सानिमा बैंकले विगत ७ वर्ष देखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

सोहि कार्यक्रमलाई निरन्तरता दिदैं यस बैंकले उच्च माध्यमिक तह प्लस टु अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । छात्रवृत्ति आवेदन श्रावण १० सम्म दिन सकिने जनाएको छ । 

यो छात्रवृत्ति बंैकले काठमाण्डौ उपत्यका बाहिरका सबै शाखाहरुबाट स्थायी बसोबास भएका गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई उच्च माध्यमिक तह प्लस टु अध्ययनका लागि दिइदै आएको छ । यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारीका लागि सानिमा बैंकको वेवसाइट www.sanimabank.com df मा log in  गर्नु पर्ने छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया