शेयर कारोबार अब पूर्ण रुपमा अनलाइन,भुक्तानी गर्न जानु पर्दैन बैंक

६ बर्ष अगाडि

काठमाडौं – शेयर बजारमा शेयर खरीदबिक्री गर्दा पूर्ण रुपमा अनलाइन प्रणालीबाट हुने भएको छ । नेपाल क्लियरिङ हाउसले पहिलो चरणमा शेयर खरिद गर्दा अनलाइन प्रणालीबाटै भूक्तानी हुने व्यवस्था गरेको छ ।

कम्पनीले केही दिनभित्रै  बिक्री गरेको शेयर भूक्तानी पनि अनलाइनबाटै गर्ने जनाएको छ । क्लियरिङ हाउसले अनलाइन कारोबारको भूक्तानी प्रणाली निर्माण कार्य दुई चरणमा सम्पन्न गरेको हो। पहिलो चरणको काम सकेर लगानीकर्ताले खरिद गरेको शेयर अनलाइनबाटै भूक्तानी हुने व्यवस्था कार्यान्वयनमा छ । दोस्रो चरणको काम सकिएकोले केही दिनपछि लगानीकर्ताले बिक्री गरेको शेयरको पैसा खातामा आउने छ ।

हाल लगानीकर्ताले एक दिनमा एउटा बैंकबाट अनलाइन मार्फत बढीमा १० लाख रुपैयाँसम्मको भूक्तानी गर्न सक्ने छन ।  आवश्यकता अनुसार हिस्सा बढाउँदै लैजाने योजना बनेको छ । नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणालीमा कुनै समस्या नरहेको जनाएको छ ।

अनलाइन प्रणाली कार्यान्वयन आएपछि सुरुवाती दिनमा केहि समस्या देखिएको थियो । सुरुमा केही समस्या देखिँदा कारोबारनै प्रभावित भएको थियो । तर अहिले अनलाइन कारोबारमा कुनै समस्या नरहेको पाइएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया