जुटमिल कब्जा गर्नेमा सरकारका सचिवदेखि महराका छोरासम्म !

८ बर्ष अगाडि

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सरकारी स्वामित्वको ऐतिहासिक विरानगर जुटमिल हडप्न  खोज्ने व्यक्तिमाथि कारबाही गर्ने बताएका छन् । 
राणा शासनविरुद्ध प्रजातन्त्र स्थापनाका लागि  आन्दोलनको प्रार्दुवाद भएको एतिहासिक विराटनगर जुटमिलको सरकारका नाममा रहेको सेयर मुठ्ठीभर व्यक्तिले कब्जा गरेका छन् । 
यसरी जुटमिल बक्जा गर्नेमा  नेपाल सरकारका सचिव दिनेश थपलिया नै छन् ।  केहि महिनाअघि अवकास पाएका सहसचिव उद्धव तिमल्सिना र सभामुख कृष्णबहादुर महराका छोरा निर्मल महरा एटम र नातेदार रेशम  महरा पनि छन् । 
विराटनगर जुटमिलका अवैधानिक अध्यक्ष बसन्त बन र प्रवन्ध निर्देशक निलहरि काफ्लेले सचिव थपलिया र महरालाई सरकारको नाममा रहेको सेयर विक्रि गरी उद्योग हडप्न प्रपञ्च रचेको आरोप छ । 
विराटनगर जुटमिलमा सरकारका नाममा रहेको ४६ प्रतिशत सेयर गैरकानुनी रुपमा विक्रि गरी ३८ प्रतिशतमा झार्ने स्घोषित प्रवन्ध निर्देशक काफ्ले  र अध्यक्ष बसन्त बनमाथि जुट मिल जोगाउने संघर्ष समितिले कारबाही गर्न माग गरेको छ । 
त्यही मागको सुनुवाई गर्दै मन्त्री यादवले जुटमिल हडप्ने, मिसिनका पाटपूर्जा चोरी गर्नेहरुलाई कारबाही गर्ने घोषणा गरेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया