साझा यातायातमा अब स्मार्ट कार्डबाट भाडा तिर्न मिल्ने

६ बर्ष अगाडि

काठमाडौं – नेपाल बैकसँग सहकार्य गरेर साझा यातायातले स्मार्ट कार्ड पुन संचालनमा ल्याएको छ।

यस अघि संचालनमा ल्याईएको कार्ड प्रभावकारी हुन नसकेपछि त्यसलाई अपग्रेड गरेर संचालनमा ल्याईएको हो। सोमबार एक विशेष कार्यक्रमवीच ३ नम्वर प्रदेशका मूख्य मन्त्री डोरमणी पौडेलले कार्ड स्वाईप गरेर उद्घाटन गरे।कार्डको नाम नेपाल मण्डल यात्रा कार्ड  भनिएको छ।कार्डले खुद्रा पैसाको झन्झट मेटिने र यात्रुहरु ठगिनबाट रोकिने साझाले जनाएको छ भने काठमाडौं महानगरपालिकाले ल्याएको पिक एण्ड ड्रप नीतिका लागि उपयोगी हुने साझाको विश्वास छ।

साझाका अनुसार कार्डका लागि बसको सहचालकसँग सम्पर्क राख्न सक्ने छ। दुई सय रुपैयाँमा यो कार्ड प्राप्त गर्न सकिनेछ। कार्डमा दुई सय रुपैयाँको ब्यालेन्स हुन्छ र थप टपअप सहचालकबाटै गर्नुपर्नेछ।कार्ड लिने व्यक्तिले साझाका सहचालकसँग रहेको मेसिनमा स्वाईप गर्नुपर्नेछ।दूरीका आधारमा सहचालकले भाडा तय गर्ने र त्यही आधारमा स्वाप गरेर भाडा तिर्न सकिन्छ।

स्वाइप गर्नेवित्तिकै मेसिनले रसिद प्रिन्ट गर्छ। तत्कालका लागि यो व्यवस्था भएपनि निकट भविष्यमा दुवै ढोकामा मेसिन राख्ने र अटोमेटिक यात्रा अनुसार काट्ने व्यवस्था मिलाउन लागिएको साझाले जनाएको छ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया