साताको दोस्रो कारोबारका दिन नेप्सेमा अत्याधिक गिरावट !

६ बर्ष अगाडि

आज साताको दोस्रो  दिन नेपाल स्टक एक्सचेन्ज नेप्से २ दशमलव ८६ अंकले घटेर १ हजार २ सय ४२ दशमलव ०३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ७२ अंकले घटेर २ सय ६८ दशलमव ५२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।यसदिन १ सय ६८ कम्पनीको १२ लाख २१ हजार ४ सय कित्ता शेयर खरिदबिक्री भई ३७ करोड ४७ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । हिजोको तुलनामा आज कारोबार २७ करोड ३ लाख रुपैयाँ बराबरले घटेको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको कारोबार आज २ करोड ६२ लाख रुपैयाँ बराबरको भएको छ । बजार मूल्य भने ३३३ रुपैयाँ रहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया