एभरेष्ट इन्स्योरेन्सको  हकप्रद भर्ने आज अन्तिम दिन

६ बर्ष अगाडि

काठमाडौं – एभरेष्ट इन्स्योरेन्स कम्पनीमा तीन सय प्रतिशत हकप्रदमा आवेदन दिने अवधि सोमबार असार १६ अर्थात आज अन्तिम दिन रहेको छ । 

कम्पनीले १ शेयर बराबर ३(१ः३) को अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि वैशाख ९ गते बुक क्लोज गरेको थियो । उक्त हकप्रद शेयर वैशाख ८ गतेसम्म कायम शेयरधनीले मात्र भर्न पाइनेछन् । 

यो शेयर निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल २७ करोड ३९ लाख ८२ हजार रहेको कम्पनीको चुक्ता पुँजी हकप्रद पश्चात १ अर्ब ९ करोड ५९ लाख ३० हजार पुग्नेछ  ।

६ बर्ष अगाडि

प्रतिक्रिया