प्रधानमन्त्री हुने आफ्नै भविष्यवाणी !

६ बर्ष अगाडि

काठमाडौँ – मेरो जिन्दगीको एउटा रोचक घटना सम्झिन्छु । हाम्रो ठाउँमा भाषा पाठशालाबाहेक कुनै विद्यालय थिएन । म भारतको उत्तराखण्डमा पढ्थेँ । म १० कक्षामा पढिरहेको वेला गाउँबाट अरू साथी पनि पढ्न गए । तीमध्ये अछामका बलबहादुर थिए । उनी साहित्यमा रुचि राख्थे । म पनि साहित्यमा रुचि राख्थेँ । हामी दुईजना निक्कै मिल्ने साथी भयौँ । तर, बीच–बीचमा हाम्रो झगडा भइरहन्थ्यो ।

हाम्रो झगडाको विषयचाहिँ यो पत्रिकाभन्दा यो राम्रो, यो लेखकभन्दा यो राम्रोजस्ता सामान्य विषयमा हुन्थ्यो । यस्तै, सामान्य कुरामा झगडा भएपछि हामी धेरै समय बोलेनौँ । उनलाई देखेपछि मलाई बोलौँ–बोलौँ लाग्थ्यो । तर, मुखमा हेरेर बोल्न लाज लाग्ने भइसकेको थियो । त्यस्तो समस्या भएपछि आफूभन्दा सानो भाइको हातबाट एकले अर्कालाई चिठी पठायौँ नयापत्रिकाले खबर छापेको छ ।

चिठी पहिला उनैले पठाए । त्यो चिठी पठाउनेमा उनले आफूलाई ‘डाक्टर बलबहादुर स्वाँर, प्रसिद्ध वैज्ञानिक’ लेखेर पठाएछन् । उनी नौ कक्षामा पढ्थे । त्यसपछि म पनि के कम रु मैले पनि चिठी पठाउँदा पठाउनेमा ‘लोकेन्द्रबहादुर चन्द, एमए, एलएलबी प्राइममिनिस्टर अफ नेपाल‘ भनेर लेखी पठाएँ । यसरी चिठीकै माध्यमबाट हाम्रो मित्रता टिकिरह्यो । पछि उनै बलबहादुर आर्मीमा डाक्टर भएर रिटायर भए । म पनि संयोगले प्रधानमन्त्री नैे भएँ ।

६ बर्ष अगाडि

प्रतिक्रिया