नेपाल धितोपत्र बोर्डलाई अन्तराष्ट्रिय धितोपत्र नियामन निकायको सदस्यता

६ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्डले अन्तराष्ट्रिय धितोपत्र नियामन निकाय इनटरनेशनल अर्गनाइजेसन अफ शेक्युरिटिज कमिशनको एशोसिएट सदस्यता पाएको छ ।

अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो सहभागिता बढाउन २०१९ जनवरीदेखि लागू हुने गरि पूर्ण सदस्यता पाएको हो ।

विश्व अर्थतन्त्रको सुनौलो भविश्य निर्माणको लागि उत्तः संस्था विगत ६ दशकदेखि क्रियशिल रहँदै आएको छ । 

वित्तिय साक्षरता प्रवद्र्धन तथा ज्ञान अभिबृद्धि गर्न अन्तराष्ट्रिय संस्था ‘द अर्गनाइजेशन फर इकोनोमिक को–अपरेशन एण्ड डेभलपमेन्ट’ अन्तरर्गत ‘द अर्गनाइजेशन एजुकेशन’को पूर्ण सदस्यता लिने कार्यक्रम अनुसार नै बोर्डले सदस्यता पाएको बोर्डले जनाएको छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया