काठमाडौं – सरकारको काम कारवाही प्रभावकारी नभएको भन्ने चौतर्फी चर्चा भएको लामै समय भयो । जनअपेक्षा अनुसार काम गर्न नसकेका मन्त्रीलाई विदाई गरेर नयाँलाई अवसर दिने विषयमा सत्तारुढ नेकपा भित्र छलफल नभएको पनि होइन । तर त्यो हल्लामा मात्रै सिमित भएको छ ।
पछिल्लो पटक नेकपा अध्यक्ष प्रचण्डले सो विषयलाई पुनः मुखरित गरिदिएपछि राजनीतिक बजारमा त्यसले चर्चा पाएको छ । यद्यपी सो विषयले नेकपा भित्र औपचारिक रुपमा प्रवेश भने पाएको छैन । कार्यसम्पादनका आधारमा हेर्ने हो केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका एकाध मन्त्री बाहेक सबैको कार्य क्षमता र कार्यशैली शतप्रतिशत असफल भएको छ । जनतालाई झुक्याउन जे जस्ता तर्क गरेपनि ओली नेतृत्वको सरकारका मन्त्रीले जनताको पक्षमा वरको सिन्को पर समेत सार्न सकेका छैनन् । त्यस आधारमा हेर्दा ओली नेतृत्वको सरकारको पूरै टिम फेर्नुपर्ने राजनीतकि वृत्तमा चर्चा भएको छ ।
प्रधानमन्त्री ओलीबाटै कुरा सुरु गरौ । काम भन्दा बढी गफ गर्न सिपालु ओलीले जनताको पक्षमा एकाध मिनेट पनि ध्यान दिएको पाइदैन । सार्वजनिक रुपमा भाषण गरेको भरमा उनले जनतालाई साथ दिए, उनको पक्षमा निर्णय गरे, उनका लागि काम गरे भन्ने अवस्था छैन । भाषणले होइन राशनले मात्रै जनताको पेट भरिन्छ । रोजगारीले आर्थिक रुपमा योगदान गर्छ । उद्योग धन्दाको विकास भए आर्थिक विकास र समृद्धि समेत आउँछ भन्ने तर्फ उनले कुनै पनि ध्यान दिएको पाइदैन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेर षड्यन्त्र र धोकाधडी गर्नु बाहेक उनको अरु कुनै काम नभएको उनकै निकटस्थहरुको दावी छ । ओलीलाई आफूले के के नै गरे भन्ने लाग्छ ? तर उनले विगतका प्रधानमन्त्रीले भन्दा कमजोर कार्यसम्पादन गरेका छन् । सोही कारण पनि उनको विकल्प खोज्नु जरुरी देखिएको राजनीतिक क्षेत्रका जानकारहरुको टिप्पणी छ ।
उपप्रधानमन्त्री इश्वर पोखरेलको कुरा गरौ । रक्षा मन्त्रालयमा बसेर ठेक्का पट्टामा सुढ घुसार्ने बाहेक उनको केही धन्दा छैन । कुन कर्मचारीलाई कहाँ सरुवा गर्ने, को बाट के कति मात्रामा झार्ने, गुट कसरी विस्तार गर्ने भन्दा अरु ध्यान उनको छैन । भान्जी, साला साली तथा आफन्तलाई कुन स्थानमा कसरी सेट गर्ने मात्रै कार्यसूची उनको रहेको छ । उनका निटकस्थहरु भन्छन् पूर्व माओवादीका नेताहरुको खोइरो खन्ने, पार्टी एकता विरुद्ध अभिव्यक्ति दिने र जनताको अपेक्षा माथि तातो पानी खन्याएर स्वार्थ सिद्ध गर्ने उनको विशेष क्षमता भएका कारण उनलाई पनि वर्तमान सरकारको विभागिय मन्त्रीबाट हटाउनुपर्ने माग उठेको छ । यस्तै कार्यसम्पादनमा कमजोर रहेका मातृकाप्रसाद यादव, जगतबहादुर विक, खानेपानी मन्त्री बीना मगर, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठलाई पनि तत्काल हटाउनुपर्ने आवाज उठेको छ ।
पैसामा भन्दा अन्यत्र ध्यान नभएका रघुवीर महासेठका कारण सरकारको इमेज नै खराब भएको छ । सडक विभागको ठेक्का पट्टा देखि ठूला आयोजनाको ठेक्का पट्टामा हात हाल्ने, भारतीय लगानीका आयोजनालाई बढ्ता चासो र अन्यका फाइला लुकाएर राख्ने विशेष क्षमता भएका महासेठलाई हटाएर उनको स्थानमा काविल मन्त्री नियुक्त गर्नुपर्ने आवाज उठेको छ । केरुङ काठमाडौं रेलमार्गको काम अगाडि बढ्न नस्क्नुको खास कारण नै उनी रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च अधिकारी नै बताउँछन् ।
उता परराष्ट्र मन्त्रालयको जिम्मेवाराी सम्हालेका प्रदीपकुमार ज्ञवाली पनि करिब करिब असफल देखिएका छन् । प्रधानमन्त्रीको सवाराी मन्त्री भन्दा बाहेक उनले अरु कुनै क्षमता देखाउन सकेका छैनन । गफ गर्न राम्रै जानको मन्त्री ज्ञवालीले नेपाल र नेपालीको शिर निहुराएको भन्दै चर्को आलोचना भएको छ । इन्डो प्यासेफिक रणनीतिमा अमेरिकाको पक्षमा उनले काम गरेका छन् । त्यसबाट छिमेकी चीनलाई घेर्न उनले स्वीकृति दिएका छन् । त्यसबाट नेपालमा पर्ने नकारात्मक प्रभावका बारेमा कुनै छलफल नै नगरी ज्ञवालीले अमेरिकन स्वार्थलाई हावी हुन दिएका हुन् ।
यस्तै हट्ने लिस्टमा मातृका समेत परेका छन् । यस्तै महिला बालबालिका मन्त्री थममाया थापा, सञ्चार मन्त्री गोकूलप्रसाद बाँस्कोटा पनि हटाउने सूचीमा रहेका छन् । काम भन्दा बढी विवाद भएका र केवल कमाऊ धन्दम मात्रै लागेका उनीहरुलाई नहटाएसम्म सरकारको कामले गति नलिने विश्लेषकहरुको टिप्पणी छ ।
यस्तै वन मन्त्री शक्ति बस्नेत पनि हट्ने सूचीमा रहेका छन् । कामको नाममा वरको सिनको पर नसारेका बस्नेतलाई हटाउन पूर्व माओवादी पंक्ति भित्र समेत दबाव बढ्दै गएको छ ।
प्रतिक्रिया