कामना सेवाका शेयरधनीलाई १५ प्रतिशत बोनस सेयर

६ बर्ष अगाडि

काठमाडौं– कामना सेवा विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस शेयर पारित भएको छ ।

शनिबार बसेको बाह्रौ वार्षिक साधारणसभाले उक्त बोनस पारित गरेको हो ।

 साधारण सभाले आर्थिक वर्ष २०७४ र ०७५ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर दिने बैंकको प्रस्ताव पारित गरेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया