एभरेष्ट इन्स्योरेन्सको हकप्रद भोलिसम्म

६ बर्ष अगाडि

काठमाडौं – एभरेष्ट इन्स्योरेन्स कम्पनीमा तीन सय प्रतिशत हकप्रदमा आवेदन दिने अवधि सोमबार असार १६ अन्तिम दिन रहेको छ । कम्पनीले १ शेयर बराबर ३ (१ः३) को अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । 

कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि वैशाख ९ गते बुक क्लोज गरेको थियो । यो शेयर निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । २७ करोड ३९ लाख ८२ हजार चुक्तापुँजी रहेको कम्पनीको हकप्रद पश्चात १ अर्ब ९ करोड ५९ लाख ३० हजार पुग्नेछ  । कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ  ।

६ बर्ष अगाडि

प्रतिक्रिया